
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको तेस्रो नेशनल हेल्थ समिट आगामी मंसिर १० र ११ गते काठमाडौँमा हुने भएको छ।
संघले यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्थगित भएको थियो ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती’ विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने संघले जनाएको छ ।
संघका अनुसार अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा छलफल हुने छ।
संघले जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा सम्मेलनको आयोजना गर्न थालेको हो।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
