
जनस्वास्थ्य सरोकार, सल्यान । भूकम्प प्रभावित सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरू बिरामी पर्न थालेका छन् । चिसोले पीडितहरू बिरामीहरू हुने थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ ।
चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा बिरामी परेपछि बिरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।
अधिकांश भूकम्प पीडित त्रिपाल मुनि बस्दै आएका र तिनीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको हो ।
स्वास्थ्योपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ ।
भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेट्न नसकिने र बिरामी परेकासमेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि बिरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनु भयो ।
उहाँका अनुसार भूकम्पका कारण दार्माका झन्डै १ हजार १ सय बढी घर बस्नै नमिल्ने गरी क्षति भएका छन् भने १ हजार बढी आंशिक क्षति भएका छन् । जसका कारण दुई हजार बढी विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टाँगेर बस्दै आएका छन् । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बूढाबूढीमा दमको समस्या बढी देखिएको छ ।
सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएपनि त्यस्तो जटिल समस्या नदेखिएको डा. बुढा मगरले बताउनु भयो । चिसोले गर्दा बालबालिका, सुत्केरी तथा वृद्धाहरु समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिनमा नपाओस् भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेर उनीहरूलाई सचेत गराइएको बताउनु भयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
