
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ ।
मन्त्रालयको उच्च शिक्षा महाशाखाले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने जनाएको छ ।
खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ।
इच्छुक विद्यार्थीहरुले कागजातसहित मंसिर २० गतेभित्र आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

