जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई कोभिड कालमा दिन बाँकी सबै कर्मचारीको करिब २५ लाख रुपियाँ तलब २० दिनभित्र दिइसक्ने मौखिक प्रतिवद्धता व्यक्त गरेको छ । कोभिड कालमा उनीहरुको ३ देखि १० महिनासम्मको तलब भुक्तानी दिएको थिएन ।

केही दिनअघि कर्मचारीहरुले संघर्ष समिति गठन गरेर आन्दोलन घोषणा गरेका थिए ।
हामीलाई प्राप्त डकुमेन्ट अनुसार, १५ जना मेडिकल अफिसरको ४ लाख ५ हजार ८ सय, एक जना प्रशासकको ७५ हजार, बिलिङमा काम गर्ने ३ जनाको २ लाख २४ हजार २००, फार्मेसीमा काम गर्ने २ जनाको ५८ हजार, एक्सरे गर्ने २ जना कर्मचारीको ५६ हजार, दुई जना ड्राइभरको २ लाख, ९ जना नर्सको ६ लाख १ हजार २ सय २०, १ जना एचएका ७२ हजार, एक जना टेक्निसियनको ६२ हजार भुक्तानी बाँकी रहेको छ ।
अस्पतालको समाचार बाहिरिएपछि तिर्न बाँकी बिजुलीको २६ लाख रुपियाँ प्राधिरणलाई अस्पतालले भुक्तानी गरेको छ । अस्पतालको सञ्चालक समितिका केही पदाधिकारीहरुले कर्मचारीहरुलाई तलब नदिएर घोटाला गरेको कर्मचारीहरुको आरोप छ । हाल अस्पतालको संचालक समितिमा कृष्ण वस्ती, भानुभक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्ति मगर रहेका छन्।
यो पनि पढ्नुहोस्
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

