
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिकामा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मालिका गाउँपालिका वडा नम्बर ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेव पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

