
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिकामा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मालिका गाउँपालिका वडा नम्बर ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेव पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
