
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गुुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धनः अवसर र चुनौति भन्ने सन्देशसहित नेपाल चिकित्सक संघको तेस्रो नेशनल हेल्थ समिटः २०२३ आजदेखि काठमाडौंमा शुरु भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा आज र भोलि हुने दुइदिने सम्मेलनमा विषय विज्ञ, प्रबुद्धवर्ग, नेतृत्व तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिग विचार विमर्समार्फत सैद्धान्तिक बहस हुने छ ।
सैद्धान्तिक वहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन कार्यान्वयनमा चुनौति, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सवलीकरण, स्वास्थ्य सेवा प्रणालीको उन्ननयका लागि स्वास्थ्य अर्थशास्त्र, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग र समान सेवाका लागि स्वास्थ्य प्रणाली गरी ७ वटा मुख्य विषयमा गरिएको छलफलको निचोडलाई एकिकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायामा सम्प्रेषण गरिने संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनुभयो ।
सम्मेलनमा स्वास्थ्यकर्मी, चिकित्सक, नीतिनिर्माणतहमा संलग्न उच्च पदस्थ अधिकारीलगायत स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्था, विभिन्न औषधि कम्पनिलगायतका संघ संस्थाहरुको सहभागिता रहेको छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
