
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ । मन्त्री बस्नेतले डा. केसीले माफियासँग मिलेर आन्दोलन गरेको हिजो एक कार्यक्रममा आरोप लगाउनुभएको हो ।
आज विज्ञप्ति निकालेर डा. केसीले भन्नुभएको छ– ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ । म माथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन् भन्न चाहन्छु ।’
आफू गुणस्तरीय, निशुल्क, सस्तो शुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि संघर्षरत रहेको डा. केसीले स्पष्ट पार्नुभएका छ ।
‘सीटीईभीटी अन्तरगत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर संचालन गरेका राजनीतिक माफिया कार्यकर्ताहरूको नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयहरूलाई सम्बन्धन र संचालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, संसदीय स्वास्थ्य तथा शिक्षा समितिका सांसदहरू र माफियाहरू तथ्यहीन हल्ला फैलाएर जन मानसमा गलत धारणा स्थापित गरी दबाब सिर्जना गर्ने दुष्प्रयास गरिरहेका छन् । माफियाहरूको तर्फबाट स्वास्थमन्त्रीको यो थप नयाँ प्रयास हो,’ उहाँले भन्नुभएको छ ।
पद सम्हालेयता स्वास्थ्यमन्त्रीले मर्यादा विपरीतका क्रियाकलाप गरिरहेको आरोप डा केसीले लगाउनुभएको छ । ‘सुरुदेखि नै स्वास्थ्यमन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित् सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन् । मन्त्रीको बुझ्ने क्षमता छ भने के बुझ्नुपर्छ भने अहिले नेपालमा राणातन्त्र वा पंचायततन्त्र छैन । लोकतन्त्र आएको तीन दशकभन्दा बेसी भइसक्यो तसर्थ प्रजातान्त्रिक मूल्य मान्यतामा चल्न सक्नुपर्छ । गैर लोकतान्त्रिक क्रियायाकलाप गरे जवाफदेही बन्नुपर्छ नत्र प्रचण्ड जी जवाफदेही बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
डा. केसीले स्वास्थ मन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन् । ‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्बोधन गर्नु परम कर्तव्य बन्थ्यो तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो । यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यता को बरखिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ,’ डा केसीले भन्नुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
