
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरिएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेला जाने ७१ जना नर्सको नाम छनोट गरेको हो । नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।
गत साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धी जारी भएको सूचना बमोजिम विभागको अनलाइन पोर्टल मार्फत आवेदन दिएका सात सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको विभागले जनाएको छ । छनोट भएकालाई डिसेम्बर ४ तारिकमा अन्तर्वार्ता हुने विभागको भनाइ छ ।
कम्तीमा दुई वर्षको कार्यानुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

