
जनस्वास्थ्य सरोकार, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित हुनुभएको छ ।
‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उहाँलाई ‘डा प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै हालै ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो ।
विश्वव्यापीरूपमा प्राप्त रिसर्च आर्टिकलहरूमा डा. गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जनाएको छ ।
डा गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज इन हाइअल्टिच्युड अफ नेपाल एण्ड रोल अफ जिपिएस इन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो ।
खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको रोगको प्रकृति, त्यसको पहिचान, निदान एवं समाधानमा जनरल प्राटिक्सनरहरूले खेलेको भूमिका, भएका गतिविधि र त्यसले पारेको सकरात्मक प्रभाव समेटिएको रिसर्च आर्टिकल आफूले तयार गरेको डा. गुप्ताले जानकारी दिनुभयो ।
डा गुप्तालाई ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले भनेको छ, “तपाईँको पोस्टरमा ‘नेपालको उच्च भागमा छाला रोगको ढाँचा र यसको व्यवस्थापनमा जिपीको भूमिका’ शीर्षकमा स्कलोर सामग्री, बेसरोर मूल्य, प्रस्तुतिको क्षेत्रमा उत्कृष्ट मूल्याङ्कन र मापदण्ड अत्यन्तै सुन्दर तरिकाले उल्लेख गरिएको छ ।”
उक्त अवार्डको सम्मानमा उक्त सेन्टरले आगामी २०२४ नोभेम्बर ६ देखि ९ चार दिनसम्म क्यानडाको भ्यानकुभरमा सम्पन्न हुने फ्यामिली मेडिसिन फोरममा अतिथि वक्ताका रुपमा १० मिनेटको प्रस्तुति राख्नका लागि डा गुप्तालाई आमन्त्रण समेत गरेको छ ।
उक्त फोरम सम्पन्न भएपश्चात सेन्टरअन्तर्गतको साइन्टिफिक कमिटीले उहाँको कामलाई जर्नलमा प्रकाशनका लागि समीक्षा र सम्पादकीय कार्यमा सहयोग पुर्याउने बताइएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
