
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो। यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो।
कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो। अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ। ती आएका खोपलाई प्रदेशमा पठाइनेछ।
सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ। यस्तै, नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ। रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

