
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई पदीय जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालय तानिएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै निर्देशकको पदीय जिम्मेवारी नरहने गरी मन्त्रालयमा हाजिर हुन पत्र पठाउनुभएको हो ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भनिएको बताउनुभयो ।
दुई वर्षे कार्यकालका लागि नियुक्त हुनुभएका डा. पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी नै थियो ।
हेर्नुहोस् निर्वाचन आयोगको पत्र

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

