
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको छ ।
आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अङ्क पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रूपमा सार्वजनिक गरेको हो ।
प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मंसिर १८ गते (सोमबार) बोलाएको छ ।
प्रारम्भिक छनोट हुनेहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह तिंकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा पर्नुभएको छ ।
प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।
हेरौँ सूची :

चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

