
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले गत शुक्रवार लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठका अनुसार विभिन्न २५ विधामा १८३ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना उत्तीर्ण (५१ दशमलव ३६ प्रतिशत) भएका हुन् । ८९ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । ६ जना परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको राजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो।
परीक्षणको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।
यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत उत्तीर्ण भएका थिए।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

