
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि सर्ट लिष्टमा परेका १२ जनाको सोमबार (आज) लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित भएको छ ।
नाम सिफारसि समितिले प्राविधिक कारण जनाउँदै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको जनाएको हो ।
समितिले आज तीन चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ता लिने गरी तालिका सार्वजनिक गरेको थियो।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सम्भवत आज स्थगित भएको प्रस्तुतिकरण तथा अन्तर्वार्ता भोलिका लागि तय हुनेछ । त्यसका लागि बेलुका पुर्नतालिका सार्वजनिक हुनसक्ने बताइएको छ ।
सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।
प्रारम्भिक छनोट हुनेहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह तिंकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा पर्नुभएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
