
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त हुनुभएको छ ।
गत मंसिर १३ गते बसेकोको मन्त्रिपरिषदको बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो।
नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहनुभएका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार सम्हाल्नका लागि स्वास्थ्य मन्त्रालय पुगेर पत्रसमेत बुझिसक्नुभएको छ । मंगलबार काउन्सिल पुगेर पदवहाली गर्ने उहाँको भनाई छ ।
यसअघि काउन्सिलको अध्यक्ष प्रा.डा. भगवान कोइराला हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएपछि प्रा. डा. भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

