
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका मन्त्री श्रेष्ठलाई डाक्टर अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको थियो ।
मन्त्री श्रेष्ठ हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
एन्जियोप्लास्टी रगतको नलीलाई फराकिलो बनाउने शल्यक्रिया प्रविधि हो ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले अस्पताल पुगेर मन्त्री श्रेष्ठलाई भेट गर्नुभएको छ । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उहाँको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

