
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार–२०७९’ आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौँलाई प्रदान गरिएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु दुई लाख राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।
त्यसैगरी दुई लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार’ पक्षी संरक्षण सङ्घ, लाजिम्पाट, काठमाडौँलाई, एक लाख राशिको ‘विज्ञान पुरकार’ डा नवल श्रेष्ठ (विराटनगर) लाई र रु एक लाख राशिको ‘प्रविधि पुरस्कार’ डा बालकृष्ण बल (भोनजपुर) लाई प्रदान गरिएको छ।
‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ डा सुप्रिया शर्मा, डा देवराज अधिकारी र डा मुक्तिराम पौडेललाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही रु ७५ हजार रहेको छ।
त्यसैगरी रु ७५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ डा शान्ता पोखरेल, ५० हजार रासीको ‘प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार’ डा भूपेन्द्र दास र डा गोकर्ण जङ्ग थापालाई र रु ५० हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गरिएको छ। प्रतिष्ठानले अन्य विभिन्न विद्याका पुरस्कारसमेत प्रदान गरेको छ।
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

