
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा विष सूचना केन्द्र (पोइजन इन्फरमेसन सेन्टर) स्थापना गरिएको छ ।
बिहिबार अस्पतालमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सेन्टरको उद्घाटन गर्नुभयो ।
अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरू मार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको विभागले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताउनुभयो ।
नेपालमा बर्सेनि ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउँदै बताउँदै विष सेवन पछिको उपचारका विषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले बिस सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रूपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दाबी गर्नुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
