
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मानित हुनुभएको छ ।
नन् रेसिडेन्ट नेपाली एशोसिएसन (एनआएनए) ले डा. शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मान गर्ने भएको हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा. शाहीलाई ५१ हजार रुपैयाँ र ताम्र पत्रबाट सम्मान गर्ने निर्णय गरेको छ ।
एसोसिएशनका अध्यक्ष माधव मरासिनीले आगामी पुस ५ गते पर्वतको हुवासमा एक विशेष कार्यक्रम गरि पुरस्कार हस्तान्तरण गरिने जानकारी दिनुभयो ।
उक्त समारोहमा एसोसिएशनको प्रतिनिधिको उपस्थितिमा नेपालस्थित स्थानीय साझेदार संस्था देउराली फाउण्डेशनको व्यवस्थापनमा हुने उहाँले बताउनुभयो ।
एसोसिएशनले गतवर्ष अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनलाई प्रदान गरेको थियो ।
पाटन अस्पतालमा कार्यरत डा. शाही क्यान्सर रोगको उपचार तथा सचेतनामा सक्रिय हुनुहुन्छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

