
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मानित हुनुभएको छ ।
नन् रेसिडेन्ट नेपाली एशोसिएसन (एनआएनए) ले डा. शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मान गर्ने भएको हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा. शाहीलाई ५१ हजार रुपैयाँ र ताम्र पत्रबाट सम्मान गर्ने निर्णय गरेको छ ।
एसोसिएशनका अध्यक्ष माधव मरासिनीले आगामी पुस ५ गते पर्वतको हुवासमा एक विशेष कार्यक्रम गरि पुरस्कार हस्तान्तरण गरिने जानकारी दिनुभयो ।
उक्त समारोहमा एसोसिएशनको प्रतिनिधिको उपस्थितिमा नेपालस्थित स्थानीय साझेदार संस्था देउराली फाउण्डेशनको व्यवस्थापनमा हुने उहाँले बताउनुभयो ।
एसोसिएशनले गतवर्ष अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनलाई प्रदान गरेको थियो ।
पाटन अस्पतालमा कार्यरत डा. शाही क्यान्सर रोगको उपचार तथा सचेतनामा सक्रिय हुनुहुन्छ ।

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२