
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकारले १० औं तहका पाँच जनालाई ११ औं तहमा बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको छ।
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा निमित्त सचिव एवम योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दीपक तिवारी, मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारी, स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख डा.अर्जुनप्रसाद सापकोटा र स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्रकुमार झालाई ११ औँ तहमा बढुवा गरी पदस्थापन गरेको हो ।
बढुवापछि तिवारीको स्वास्थ्य मन्त्रालयको सचिवमा, अधिकारीको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकमा, सापकोटाको स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा र झाको स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा पदस्थापन भएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

