जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक संघमा सुमन प्रसाद पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौंको एभरेष्ट होलमा सम्पन्न संघको सातौं अधिवेशनमा संघको नयाँ कार्यसमिति चयन भएको हो । यसअघि मानबहादुर साउद अध्यक्ष हुनुहुन्थ्यो ।

संघको नवनिर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा सुर्यकृष्ण श्रेष्ठ, सचिवमा डा.सुमन पौडेल, सहकोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी संघको सदस्यहरुमा नारायणप्रसाद सापकोटा, राजेन्द्र बस्नेत, सिद्धार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित हुनुभएको छ ।
सो अवसरमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, उद्योग बाणिज्य महासंघ वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाललगायतले आयुर्वेद क्षेत्रको विकासबारे आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

