
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँलाई आइतबार शहीद गङ्गालाल हृदयरोग केन्द्रबाट डिस्चार्ज गरिएको हो ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । केही दिन आराम गरेपछि उहाँ नियमित काममा फर्किन सक्ने चिकित्सकको भनाइ छ ।
उहाँलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उहाँको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

