
जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन्। अन्तर्वार्तामा सहभागी भएका ६० जना नर्समध्ये ४५ जना छनोट भएका हुन्।
मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन्। अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो। त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेसन ट्रष्टका नर्सहरूले आमनेसामने अन्तर्वार्ता दिएका थिए। त्यहीँबाट ४५ जना सफल भएको घोषणा गरिएको विभागले जनाएको छ।
सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ। अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ। सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइनेछ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

