
जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर नीजि संस्थामा काम गरिरहेका ब्यक्तिहरुलाई सर्टलिस्टमा निकालिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।
आफूहरुले चिकित्सा शिक्षा सुधारका लागि बारम्बार ध्यानाकार्षण गराउँदा पनि दलीय भागबन्डाका आधारमा नीजि क्षेत्रमा कार्यरत ब्यक्तिहरुलाई सर्टलिस्टमा समावेश गरिएको उहाँको आरोप छ । आयोगका निर्देशकहरुको नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने उहाँको भनाई छ ।
सरकार र दलका नेताहरुले आयोगका निर्देशकहरु नियुक्तिमा समेत दलीय भागबन्डाबाट कार्यकर्ता भर्ती गर्ने, हस्तक्षेप गर्ने र नाजायज लाभ लिने काम गर्न खोजेको उहाँको भनाई छ । दलीय आधारमा नियुक्ति प्रक्रिाय नरोकिएर जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको उहाँले बताउनुभयो ।
‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ,’– केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षा आयोगले चार जना निर्देशक माग गरेको थियो । जसमा १२ जनाको नाम सर्टलिस्टमा निकालिएको छ । उनीहरुको अन्तरवार्ता भने अहिले रोकिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

