
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्टेम सेल थेरापी स्थापना गर्ने तयारी भइरहेको छ ।
भारतको महाराष्ट्रस्थित हेल्थस्फेयर मेडिटुरको प्राविधिक सहयोगमा हस्पिटलमा स्टेम सेल थेरापी सेवा शुरु हुन लागेको हो ।
नेपालबाट ठूलो संख्यामा स्टेम सेल थेरापी लिन भारतमा जानुपर्ने बाद्यतालाई ध्यानमा राखेर हस्पिटलमा स्टेम सेल थेरापी सेवा सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको हस्पिटलका प्रशासन प्रमुख रामजी कुमार श्रेष्ठले बताउनुभयो ।
यसैलाई दृष्टिगत गरी हेल्थस्फेयर मेडिटुरको आयोजनामा अस्पतालमा मानसिक असन्तुलन, मधुमेह, एभास्कुलर निक्रोसिस (नशामा रक्त सञ्चारसम्बन्धि), मेरुदण्ड तथा ढाडसम्बन्धि रोग र जोर्नी तथा बाथरोग सम्बन्धि तीन दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
कन्सल्यान्ट फिजिसियन डा. रेशम राज पुन, कन्सल्यान्ट अर्थोपेडिक सर्जन डा. राम कृष्ण श्रेष्ठ र न्युरो सर्जन डा. अनिश मान सिंह, हेल्थस्फेयर मेडिटुरकी रिजेनेरेटिभ क्लिनिक रिसर्च एसोसिएट वीथ स्टिम सेल काउन्सिलर एवं होमियोप्याथिक फिजिसियन डा. गौरी के लगायतका टिमले करिब २०० सय जनालाई ओपिडी सेवा दिएको थियो । सो अवसरमा प्याथोलोजी र रेडियोलोजी सेवामा अवस्था अनुसार २० देखि ५० प्रतिशतसम्म छुट दिइएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

