
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्टेम सेल थेरापी स्थापना गर्ने तयारी भइरहेको छ ।
भारतको महाराष्ट्रस्थित हेल्थस्फेयर मेडिटुरको प्राविधिक सहयोगमा हस्पिटलमा स्टेम सेल थेरापी सेवा शुरु हुन लागेको हो ।
नेपालबाट ठूलो संख्यामा स्टेम सेल थेरापी लिन भारतमा जानुपर्ने बाद्यतालाई ध्यानमा राखेर हस्पिटलमा स्टेम सेल थेरापी सेवा सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको हस्पिटलका प्रशासन प्रमुख रामजी कुमार श्रेष्ठले बताउनुभयो ।
यसैलाई दृष्टिगत गरी हेल्थस्फेयर मेडिटुरको आयोजनामा अस्पतालमा मानसिक असन्तुलन, मधुमेह, एभास्कुलर निक्रोसिस (नशामा रक्त सञ्चारसम्बन्धि), मेरुदण्ड तथा ढाडसम्बन्धि रोग र जोर्नी तथा बाथरोग सम्बन्धि तीन दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
कन्सल्यान्ट फिजिसियन डा. रेशम राज पुन, कन्सल्यान्ट अर्थोपेडिक सर्जन डा. राम कृष्ण श्रेष्ठ र न्युरो सर्जन डा. अनिश मान सिंह, हेल्थस्फेयर मेडिटुरकी रिजेनेरेटिभ क्लिनिक रिसर्च एसोसिएट वीथ स्टिम सेल काउन्सिलर एवं होमियोप्याथिक फिजिसियन डा. गौरी के लगायतका टिमले करिब २०० सय जनालाई ओपिडी सेवा दिएको थियो । सो अवसरमा प्याथोलोजी र रेडियोलोजी सेवामा अवस्था अनुसार २० देखि ५० प्रतिशतसम्म छुट दिइएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
