जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेधगरेको छ ।

महानगरले सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्च सुर्ती, खैनी, गुट्खा, पानपराग वा मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख गर्दै सो घोषणा गरेको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्ययता कायम राख्न, भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न मङ्सिर २८ गते बाट सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध गरिएको बताउनुभयो ।
उहाँले भोलिदेखि महानगरभित्रका सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा त्यस्ता पसल बन्द हुने जस्ता कारबाही हुने बताउनुभयो ।
उहाँका अनुसार धूम्रपान गरेका सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपियाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइएमा जफत गरी पसल बन्द गरिने छ ।

महानगरले यसका लागि चार क्षेत्रमा दश जनाका दरले नगरप्रहरी परिचालन गरिने जनाएको छ । उहाँले पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगरप्रहरीले अनुगमन गर्ने बताउनुभयो ।
महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ तथा सुर्तीजन्य पदार्थ (निरूपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सो पहल गरेको बताएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
