
जनस्वास्थ्य सरोकार, सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ ।
नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो ।
बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो अस्पताल उद्घाटन गरिएको थियो ।
अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वयसमेत नगरी सो अस्पताल सारिएको नगर उपप्रमुख नितु थापा (कोइराला)ले आरोप लगाउनुभयो । उहाँले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गर्नुभयो।
उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति नगरपालिकाले गहिरो दुख प्रकट गरेको छ । प्रादेशिक अस्पतालसँग पटकपटक समन्वय र सहकार्यका लागी आवश्यक छलफल भएको व्यहोरा जानकारी गराउँदै बेलवारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको नगर प्रवक्ता राईले जानकारी दिनुभयो ।
कोशी प्रदेशसभा सदस्य तथा बेलबारी पूर्वनगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताउनुभयो । मुख्यमन्त्रीले चाडै कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षकसहित सरोकारवालाको बैठक राख्ने बताएको सुवेदीले जानकारी दिनुभयो। रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
