
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको छ।
बिहीवार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको हो।
अदालतले डा. पौडेलका सर्न्दभमा अन्तरिम आदेशका लागि सरोकारवालाई छलफलमा समेत बोलाएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई वीर अस्पतालको निर्देशक पदबाट हटाउनुभएको थियो ।
मन्त्रिस्तरीय निर्णयका आधारमा मन्त्रालयले डा. पौडेललाई निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजीर हुन भन्दै पत्र पठाएको थियो।
त्यलगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

