जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले बागमती प्रदेशको स्वास्थ्य सचिव बद्री बहादुर खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्बोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णय बिरुद्ध खड्काले सर्वोच्चमा मुद्धा दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

