जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानाङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानाङ्कलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ ।
विभागले स्तरोन्नतिका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । “हाम्रो क्षमताअनुसार अहिले हामी परिपक्कताको दुई तहमा रहेका छौँ,” उहाँले भन्नुभयो, “परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।”
तीन तहको परिपक्कता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले मान्ने खाले हुने, निष्पक्ष, पारदर्शिता र औषधि गुणस्तरीय हुने उहाँको भनाइ रहेको छ । परिपक्कताको चार तहमा पुगेपछि डब्लुचएओले सूचिकृत गर्ने गरेको छ । औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग पर्याप्त मात्रामा जनशक्ति रहेका छैनन् ।
विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगन्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् । “हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्” उहाँले भन्नुभयो, “यसले गर्दा हामीले उद्योग, औषधि पसलको पर्याप्त मात्रामा अनुगमन गर्नसकेका छैनौँ ।” विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय विदेशी कम्पनी दर्ता छन् । रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

