
जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. गोविन्द केसीले आज शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उहाँले तीन दिने सत्याग्रको घोषणा गर्नुभएको हो ।
उहाँले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बेलुकी नगरेको भन्दै उहाँले आज बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताउनुभयो । विगत लामो समयदेखि मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । हामीले विगत लामो समयदेखि विभिन्न मुद्दा उठाएर त्याग्रह गर्दै आए पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जवाफदेही बनाउनका लागि हामीले मङ्सिर २९ गते बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ ।’
प्रा.डा. केसीले आजदेखि गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने बताइएको छ।
केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउन र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्न, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने माग राख्नुभएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
