
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो ।
'कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा मिति २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,' उच्च अदालतको आदेशमा भनिएको छ ।
विभागले यही मंसिर १२ गते सूचना जारी गरि २७ गते बुधबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो ।
उक्त सूचना आएपछि श्रीराम टोबागो प्रालि लगायत उद्योगहरूका तर्फबाट उच्च अदालतमा रिट दायर भएको थियो ।

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
