जनस्वास्थ्य सरोकार, हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा पुनः अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चाबहिलमा उपचारार्थ भर्ना हुनुभई स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि स्वास्थ्य परीक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको थियो । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

