
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध गरेको छ ।
डब्ल्यूएचओका कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्नुहुँदै भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको र यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न सदस्य राष्ट्रहरुलाई अनुरोध गर्नुभएको हो ।
अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन-१ बाट भएको डब्लूएचओले जनाएको छ । उहाँले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियम लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

