जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बिमा सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर बिमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार योसँगै देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी तीनवटा स्थानीय निकायमा मात्रै स्वास्थ्य बिमा कार्यक्रम सुरु हुन बाँकी छ ।
वि.सं.२०७२ साल २५ चैतमा कैलाली जिल्लाबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक लाख रुपियाँसम्मको उपचार सुविधा पाइन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

