
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
यहि पुस ५ देखि १४ गतेसम्म ६ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइडविरुद्धको टि.सि.भी. खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकाले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रुपमा एक मात्रा दादुरा रुबेला खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
सोही अभियानमा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छुट खोप लगाइने मन्त्रालयले जनाएको छ ।
खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोप लगाउन आफुसँग भएका नियमित खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

