
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नो मातहतका १० वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० वटा प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई स्तरोन्नति गरी ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको । यसअघि ती दुवै अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए ।
त्यसैगरी धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिसुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिरामी चापका आधारमा उनीहरुको स्तरोन्नती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
