
जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।
पदीय जिम्मेवारी पूरा नगरेको भन्दै बसौलालाई मन्त्रिपरिषद्को गत असोज २४ गते बसेको बैठकले तीन महिनाका लागि निलम्बन गरेको थियो ।
अदालतको यो आदेशपछि बसैलालाई निलम्बन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ ।
त्यसबेला स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते तीन दिनको म्यादसहित ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।
बसौला निलम्बित भएसँगै सञ्चालक समितिका ५ जना सदस्यले पनि पदबाट राजीनामा दिएका थिए ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

