जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा टोमोथेरापी सेवा शुरु भएको छ । यो क्यान्सर उपचारमा प्रयोग गरिने अत्याधुनिक प्रविधि हो । यसले क्यान्सरग्रस्त कोषमा मात्र रेडिएसन प्रवाह गर्ने र ट्युमरमा हुने परिवर्तन अनुगमन गरी रेडिएसन सुनिश्चित गर्छ । टोमोथेरापीमा ३६० डिग्रीबाट उपचार गर्न सकिन्छ । यो सन् २००२ देखि विश्व बजारमा प्रयोगमा आइरहेको छ ।

हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले एक औंश बराबर पनि फरक नपर्ने गरी क्यान्सरग्रस्त कोषमा रेडिएसन प्रवाह गरिन्छ । यसले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन । साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी रेडिएसन सुनिश्चित गर्छ । रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुन्छ । टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार हुन्छ । त्यसैले सजिलोसँग सुतेर उपचार गर्न सकिन्छ ।
टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर, फोक्सोको क्यान्सर, छालाका क्यान्सर, प्रोस्टेट क्यान्सर, खाना नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, पाठेघरको मुखको क्यान्सर, गर्भासयको क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिय) लगायतका उपचारमा प्रयोग गर्न सकिने जनाइएको छ ।
वीर अस्पतालले करिब ४० करोड लागतमा यो खरीद गरेको हो । मेसिन लाइफलाइन ट्रेड इन्टरनेसनल प्रा.लि.ले सप्लाई गरेको हो । यसअघि सप्लायर्सले ल्याएको टोमोथेरापी अस्पतालमा प्राविधिक र प्रशासिनक समस्याका कारण बलम्बु स्थित सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र राखिएको थियो । कन्टेनरबाट पानी चुहिएर मेसिन बिग्रिएरपछि सोही मेसिनको शोधभर्नामा अर्को मेसिन मगाइएको थियो ।
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

