
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला आजबाट पुनः काममा फर्कनुभएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत २६ असोजमा विभिन्न आरोप लगाउँदै डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । मन्त्री बस्नेतको सो निर्णयविरुद्ध डा. बसौला सर्वोच्च अदालत जानुभएको थियो ।
गत शुक्रबार सर्वोच्च अदालतले बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन गर्ने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशसँगै डा. बसौला ७० दिनपछि पुन: काममा फर्कनुभएको हो ।
आइतबार कार्यलय समयमै बोर्डमा पुगेर पुनः आफ्नो कामकामकाज सम्हाल्नुभयो । तीन वर्षअघि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका डा. बसौलाको अझै एक वर्ष कार्यकाल बाँकी छ । अब निलम्बन हुँदा स्थगित भएको १२ बुँदे नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

