
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला आजबाट पुनः काममा फर्कनुभएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत २६ असोजमा विभिन्न आरोप लगाउँदै डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । मन्त्री बस्नेतको सो निर्णयविरुद्ध डा. बसौला सर्वोच्च अदालत जानुभएको थियो ।
गत शुक्रबार सर्वोच्च अदालतले बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन गर्ने स्वास्थ्यमन्त्री बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशसँगै डा. बसौला ७० दिनपछि पुन: काममा फर्कनुभएको हो ।
आइतबार कार्यलय समयमै बोर्डमा पुगेर पुनः आफ्नो कामकामकाज सम्हाल्नुभयो । तीन वर्षअघि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका डा. बसौलाको अझै एक वर्ष कार्यकाल बाँकी छ । अब निलम्बन हुँदा स्थगित भएको १२ बुँदे नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२