
जनस्वास्थ्य सरोकार, धनगढी । भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रुपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहिमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।
पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो (आइतबार) गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ ।
९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

