
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टरको शुभारम्भ गरिएको छ ।
स्तनसम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने हेतुले उक्त कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा बलिउडकी ख्याँतिप्राप्त नायिका मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा र नेपाल महिला उद्यमी महासंघकी पूर्व अध्यक्ष निरु रायमाझीले संयुक्त रुपमा सेन्टरको उद्घाटन गर्नुभयो ।
उपचारमा विशेषज्ञ चिकित्सकहरु संलग्न रहने र अत्याधुनिक प्रविधि प्रयोग गरिने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले स्तन क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार गरिने जनाएको छ ।
मेडिसिटी एनएबीएच ईन्टरनेश्नल मान्यताप्राप्त नेपालको पहिलो अस्पताल हो ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

