
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सम्मानित हुनुभएको छ ।
आज (सोमबार) पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आयोजित समारोहमा डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । साथै, उक्त पुरस्कारसँगै ताम्रपत्रसमेत प्रदान गरिएको छ ।
डा. शाहीले मानिसलाई क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गरेको र बिरामीहरुको उपचारमा अहोरात्र खटिएर सेवा गरिएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

