
जनस्वास्थ्य सरोकार, मुगु । जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाज पक्राउ परेका छन् ।
सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।
अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।
गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको आरोप छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

