
जनस्वास्थ्य सरोकार, मुगु । जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाज पक्राउ परेका छन् ।
सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।
अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।
गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको आरोप छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२