
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको गएराति हृदयघातबाट निधन भएको छ । श्रेष्ठको मंगलबार राती हृदयघातबाट निधन भएको पारिवारिक स्रोतबाट बुझिएको छ ।
श्रेष्ठ रेष्टुरेन्ट व्यवसायी पनि हुन् । उहाँको मध्य बानेश्वरमा म्याक डोनाल्ड रेष्टुरेन्ट रहेको छ । । खाँडादेवी गाउँपालिका पकरबास स्थायी घर भएका नेता श्रेष्ठ काठमाडौं बस्दै आउनुभएको थियो । नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै पार्टीलाई जनताको सेवा, विकास निर्माण र अवस्था परिवर्तनमा लाग्न प्रेरित गर्दै आउनुभएका सभापति श्रेष्ठ विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्थ्यो। श्रेष्ठ दुई पटक नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सम्पर्क समितिलाई चलायमान र सक्रिय बनाउँदै आएका श्रेष्ठको शव अहिले किस्ट अस्पतालमा राखिएको छ । पौष १२ गते बिहीबार पशुपतिनाथ आर्यघाटमा अन्तिम दहासंस्कर गरिने तय भएको छ । श्रेष्ठको परिवारमा श्रीमती, ४ छोरी र एक छोरा रहेका छन् ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

