जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकामा यो महिनाभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबिच भएको समझदारी सँगै काठमाडौं महानगरपालिकामा स्वास्थ्य बीमा शुरु हुने भएको हो ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले काठमाडौंमा एक कार्यक्रमबीच सहमतिमा हस्ताक्षर गर्नुभयो ।
हाल देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । अब काठमाडौँका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ । दुई नगरपालिकामा पनि छिट्टै कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको बीमा बोर्डले उल्लेख गरेको छ ।
बीमा संलग्न हुने प्रति पाँच जनाको परिवारले एक वर्षमा एक लाख बराबरको सेवा प्राप्त गर्ने व्यवस्था रहेको छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२