जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकामा यो महिनाभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबिच भएको समझदारी सँगै काठमाडौं महानगरपालिकामा स्वास्थ्य बीमा शुरु हुने भएको हो ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले काठमाडौंमा एक कार्यक्रमबीच सहमतिमा हस्ताक्षर गर्नुभयो ।
हाल देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । अब काठमाडौँका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ । दुई नगरपालिकामा पनि छिट्टै कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको बीमा बोर्डले उल्लेख गरेको छ ।
बीमा संलग्न हुने प्रति पाँच जनाको परिवारले एक वर्षमा एक लाख बराबरको सेवा प्राप्त गर्ने व्यवस्था रहेको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

