जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका औषधि व्यवसायी र उसका आफन्तले पुरानोबानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र फ्रन्टलाइन हस्पिटलबीच आज भएको सम्झौता अनुसार हस्पिटलमा उपचार गर्दा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सिफारिसमा सो सुविधा पाउने भएका हुन् ।

औषधि व्यवसायी र उसका परिवारलाई औषधिमा १० प्रतिशत, ल्याव टेष्टमा २५ प्रतिशत, रेडियोलाजी (एमआरआई, सिटी स्क्यान, बीएमटी) एवं एक्सरे, अल्ट्रासाउण्ड, इको, एपिवी, हल्टर, पिटिए, कोलोनोस्कोपीमा ३० प्रतिशत, वेड (आईसियू, क्यावीन र वार्ड) मा ३० प्रतिशत, सर्जरी (माइनर, मेजर) मा २५ प्रतिशतसम्म छुट दिइने छ ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कार्यवाहक अध्यक्ष एवं महासचिव शुभमान श्रेष्ठ र फ्रन्टलाईन हस्पिटलका क्लिनिक प्रेसिडेन्ट एवं मेडिकल डाइरेक्टर डा. योगेश न्यौपानेबीच सहमतिमा पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा हस्पिटलका डिसिओओ कृष्णबहादुर नेपाली, नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष शंकरमान महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

