
जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो ।
सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ ।
सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ ।
पहिलो चरण आजदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र बराहाताल गाउँपालिका, लेकबँेसी र पञ्चपुरी नगरपालिकाका ६६ हजार एक सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने छ ।
दोस्रोचरणमा वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका एक लाख ३५ हजार आठ सय २८ लाई टाइफाइडविरुद्धको खोप दिइने जनस्वास्थ्य प्रमुख गौतमले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने नागरिक पनि भएकाले सङ्ख्या केही बढ्नसक्ने उहाँको भनाइ थियो ।
गर्भवती, एचआइभी सङ्क्रमित, जटिल खालका बिरामीलाई खोप नदिइने गौतमले बताउनुभयो । उहाँका अनुसार सुर्खेतभरी पाँच सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गगरिएको छ । खोप अभियानका लागि नौ सय ६० स्वास्थ्यकर्मी र नौ सय ६० स्वयंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइसकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
