
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले पोष्ट ग्रेजुएट तह रेसिडेन्स दोस्रो बर्षका विद्यार्थी डा. विशद दाहालमाथि कारबाही गरेको छ ।
कलेजले बिहिबार एक सूचना जारी गर्दै डा. दाहालले रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।
डा. दाहाललाई पौष १२ गते काठमाडौँको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र बुधबार विभागीय प्रमुखसंगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको आरोप लगाइएको छ ।
केएमसीले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुमाथि अन्याय गरेको भन्दै डा. दाहालले पटक पटक आवाज उठाइउँदै आइरहनुभएको थियो ।
डा. दाहालले अन्याय र विद्यार्थीमाथि भइरहेको अमानवीय व्यवहार विरुद्ध बोल्दा कारबाही गरिएको बताउनुभयो । उहाँले अन्याय विरुद्ध निलम्बन मात्र होइन निष्कासन नै गरे पनि बोल्न नछाड्ने प्रतिक्रिया दिनुभएको छ ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
