
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले पोष्ट ग्रेजुएट तह रेसिडेन्स दोस्रो बर्षका विद्यार्थी डा. विशद दाहालमाथि कारबाही गरेको छ ।
कलेजले बिहिबार एक सूचना जारी गर्दै डा. दाहालले रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।
डा. दाहाललाई पौष १२ गते काठमाडौँको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र बुधबार विभागीय प्रमुखसंगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको आरोप लगाइएको छ ।
केएमसीले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुमाथि अन्याय गरेको भन्दै डा. दाहालले पटक पटक आवाज उठाइउँदै आइरहनुभएको थियो ।
डा. दाहालले अन्याय र विद्यार्थीमाथि भइरहेको अमानवीय व्यवहार विरुद्ध बोल्दा कारबाही गरिएको बताउनुभयो । उहाँले अन्याय विरुद्ध निलम्बन मात्र होइन निष्कासन नै गरे पनि बोल्न नछाड्ने प्रतिक्रिया दिनुभएको छ ।

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
