
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन बोर्डले नयाँ कार्यविधि ल्याएको हो ।
नयाँ कार्यविधि अनुसारअब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ। यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन:जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
यस्तै आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने, सेवाग्राहीलाई प्रेषण गर्दा त्यस ठाउँमा सेवाको उपलव्ध भएको सुनिश्चित गर्नु पर्ने, स्वास्थ्य बीमा नियमावली २०७५ को नियम (२० (२) संग सम्वन्धित अनुसूची ९ बमोजिमको प्रेषण पूर्जा अनुसारको विववरण भरी पेश गर्नु पर्ने, सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा उपलव्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा रिफरल अन रिक्वेष्टलाई बीमा व्यवस्थापन सूचना प्रणालीबाट अस्विकृत गर्ने र सो बापतको भूक्तानी समेत नहुने लगायतका व्यवस्था कार्यविधिमा छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

